इटहरी, १५ वैशाख–धरान उप–महानगरपालिका–१३ बाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको टोलीले वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा खेल्ने र खेलाउने धन्दामा संलग्नहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान–१३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान–१ का ३३ बर्षीय सुजित साह धरान–१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान–१५ का ३५ बर्षीय भवानी दाहाल र धरान–१७ का ३१ बर्षीय प्रज्वल राई रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *