काठमाडौं, २५ बैशाख–झापा मेची नगरकी रोशनी मेचे राष्ट्रिय सभा सचेतक चयन हुनु भएको छ । मेचेलाई नेकपा (एमाले) ले राष्ट्रियसभा सचेतकमा चयन गरेको हो ।
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले सचेतकमा मेचेलाई नियुक्त गरेको बताइएको छ ।
रोशनी कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्।
मेचीनगर नगरपालिका–१२ की उनी लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गर्नु भएको थियो ।
