पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ, २७ वैशाख–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालबाट कम्युनिष्ट सखाप पार्न देशी–विदेशी प्रतिक्रियावादी ठूलो डिजाइन अन्तर्गत लागिपरेको बताएका छन्।

आइतबार २६औँ निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले यो तथ्यलाई स्वीकार गरेर अघि बढ्ने आँट नगरे श्रमजीवी जनताप्रति ठूलो घात हुने बताए।

उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला समिक्षा गरेर सच्याउने र सिगै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी गरे। ‘कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादी निकै ठूलो डिजाइन अन्तर्गत लागि परेका छन्’, उनले भने, ‘यो सत्यलाई स्वीकार गर्न हामीले आँट गरेनौँ भने जानेर वा नजानेर हामीले श्रमजीवी वर्गप्रति, उनीहरुको आकांक्षाप्रति घात गरेको नै ठहर्छ।’

संयोजक दाहालले जनताले सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताए। ‘अहिले समय र परिस्थितिको माग छ–’ हामीले पहिले आफैँलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो, त्यसको समीक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर फेरि एकपटक नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ’, उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *