दमक, २८ वैशाख–झापाको दमकमा रोटरी क्लब अफ दमकले समुदायपती लक्षित गरेर शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाहरुको क्ष्मता विकासमा काम गर्दै आइरहेको छ ।
यसैबीच, आज (सोमबार) दमक–७ राधाकृष्ण मन्दिरस्थित पृथ्बी माध्यमिक विद्यालयमा रोटरी क्लब अफ दमकले विद्यालयसंगको सहकार्यमा फर्निचरका सामाग्रीहरु उपलब्ध गराएको सहसचिव देबेन्द्र बरालले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ दमकले सोमबार विद्यालय परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुका लागि कक्षा कोठामा सहजका साथ बसेर पठनपाठन गर्न ३० थान डेक्स बेञ्च उपलब्ध गराएको हो । रोटरी डिष्टिक ३२९२ नेपालको सहयोगमा रोटरी क्लब अफ दमकले दमकमा ह्याप्पी स्कुल कार्यक्रमको सुरुवात गरिएको हो ।

रोटरी क्लब अफ दमकका अध्यक्ष केशवकुमार अग्रवालको अध्यक्षतामा र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा फर्निचरका सामाग्री हस्तान्त्रण गरिएको थियो ।
नगर प्रमुख थापाले दमकको परिवर्तन र विकासमा नगरपालिकाले दमकको संस्थाहरुसंग सहकार्य र हात्तेमालो गर्ने बताउनुभयो ।
फर्निचर हस्तान्त्रण कार्यक्रमका संयोजक रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष समेत रहनुभएका सन्दिप चापागाईले समुदायप्रती लक्षित गरेर विद्यालय र बालबालिकाहरुको क्षमता विकासमा टेवा पुर्याउने उदेश्यका साथ ह्याप्पी स्कुल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक चापागाईका अनुसार यसै विद्यालयमा यसअघि शुद्ध र स्वच्छ पीउने पानी धारासहितको सौचालयसमेत निर्माण गरिएसंगै विद्यालयलाई हस्तान्त्रण गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष अग्रवालले उपयुक्त शिक्षामार्फत असल नागरिक उत्पादन हुने र ििशक्षाबाट समाज र देशलाई सुखी, खुशी र समृद्ध बनाउन रोटरी क्लब अफ दमकले ह्याप्पी स्कुल कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । वहाँले विद्यार्थीहरूको अध्ययन गर्ने कक्षा कोठाको वातावरणलाई अझ सहज, सुरक्षित तथा व्यवस्थित बनाउने उद्देश्यले यो पृथ्बी माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरिएको जानकारी गराउनुभयो ।
सो कार्यक्रममा दमक-७ का वडाध्यक्ष भीम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लालसुन्दर राई, दमक रोट्रयाक्टर अध्यक्ष दीवाकर पञ्चकोटी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, पृथ्बी माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुकुमार राई, सहायक प्रधानध्यापक अमृत श्रेष्ठ, डाक्टर लेखनाथ न्यौपानपे, रोटी क्लब अफ दमकका पूर्वअध्यक्ष नबीन श्रेष्ठ, बिक्रम शाह, रोटरियन सागर श्रेष्ठ, रमा लिम्बू, सञ्जु पराजुली, भेनष श्रेष्ठ, शान्तिराम निरौला, राम खतिवडा, गोविन्द गौतम लगायत विद्यालयका शिक्षक–शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार थापाले कार्यक्रममाा स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ दमकका सहसचिव देबेन्द्र बरालले गर्नुभएको थियो ।


