दमक, २९ बैशाख–दमकस्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले दुबै हात खुट्टा गुमाएका एक अशक्त विरामीलाई नगद सहयोग प्रदान गरेको छ ।

दमक–५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका सदस्य कनकाई (सुरुङ्गा) का २६ बर्षिय शारिरिक अशक्त उमेश खाँतीलाई नगद सहयोग प्रदान गरेको हो ।

खाँतीले दुवै हात, खुट्टा गुमाएका छन् । २६ बर्षिय खाँतीलाई सोमबार सुरुङ्गास्थित घरमै पुगेर नगद १५ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग उपलव्ध गराएका द एभरेष्ट सहकारी संस्थाका प्रसाशन प्रमुख धर्मानन्द भट्टराईले जानकारी गराए ।

भट्टराईका अनुसार द एभरेष्ट साकोसका अध्यक्ष दिपक खरेलसहित सञ्चालक समिति,लेखा समिति, कर्मचारी,शेयर सदस्यहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको प्रशासन प्रमुख भट्टराईले जनाए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले आर्थिक अवस्था कमजोर भएका खातीलाई नगद सहयोग प्रदान गरिएको उनको भनाई छ । उनका अनुसार महिना दिन अघि बैदेशिक रोजगारीका क्रममा दुवई गएका बेला दुवै हातखुट्टा काटनु पर्ने अवस्था सृजना भएको थियो ।

चिकित्सकले दुवईमा नै दुबै हात र खुट्टा काट्न सल्लाह दिएपनि त्यहाँ उपचार खर्च खर्चिलो हुनेभएपछि उनलाई कम्पन्नीले घर फर्काईदिएको थियो । घर फर्किए लगत्तै उनको काठमाण्डौमा शल्यक्रिया गरि हातखुट्टा काट्ेर नयाँ जीवन पाएका थिए ।
सत्र महिने छोरी र श्रीमतीसहित सुरुङ्गामा परिवारसहित बस्दैआएका खाँती परिवारले थप उपचारका लागि सहयोगको याचना गरिआएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *