दमक, ३१ बैशाख–आफ्ना पुर्खाहरुलाई स्मरण गर्दै तीन चुलामा प्रकृतिको पुजा गर्ने किरात राई समुदायले यतिवेला उभौली मनाइरहेका छन् । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगव्‍याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ ।

बैशाखे शुल्क पूर्णिमादेख उभौली मनाउन सुरु गरेका किरात राई समुदायहरुसहित अन्य जाती समुदायले आ–आफ्नै विधिशास्त्र, संस्कार र मुन्धुमअनुसार मनाउँदै आइरुहेका छन् ।

यसैवीच, झापाको दमकमा जेठ १० गते वृहत कार्यक्रमहरुका साथ उभौली मनाउने तयारी गरिरहेको आयोजक संस्थाले जानकारी गराएका छन् । दमक–९ चन्द्रमा पार्कमा आयोजना गरिएको उभौली कार्यक्रमको तयारी तीब्र गतिमा सञ्चालन भइरहेको बुधबार दमकमा पत्रकार भेटघाट गरेर जानकारी गराएका हुन ।

दमक–८, ९ र १० को संयुक्त वडा समितिले आयोजना गर्ने यस कार्यक्रममा गगर प्रमुख रामकुमार थापाले उद्घाटन गर्नुहुनेछ ।

किरात राई समुदायको मौलिक कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले बृहत् उभौली कार्यक्रमको आयोजना गरिएको संयुक्त वडा ससितिका संयोजक शुनिल हताछो राईले बताउनुभयो ।

संयोजक राईका अनुसार अघिल्लो वर्षदेखि सुरुवात गरिएको उभौली कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको हो । उभौली कार्यक्रममा वृहत शुभकामना आदानप्रदान, स्थानीय एक दर्जन बढी साकेला नृत्य टाोलीहरु आउने छन् भने व्यवसायीक स्टलहरुसमेत राखिने भएको छ ।

कार्यक्रम सम्पन्न गर्न अनुमानित रु ३ लाख खर्र्च हुने संयोजक हताछोले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय जातीय संघसंस्थाका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरिएको छ ।

पत्रकार सम्मेलनमा किरात राई लेखक संघ झापाका अध्यक्ष जीतेन साम्पाङ राई, आदिवासी जनजाती युवा नेता ललित मगर, किरात राई यायोखा दमक–८ का अध्यक्ष सन्त किराती, सचिव रामचन्द्र राईसहित वडा नम्बर ८, ९ र १० का प्रतिनिधिमुलक किरात राई युवााहरुको सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *