एसईइ परिक्षामा सहभागि विद्यार्थीहरु र विद्यालयका प्रधानध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित अन्य अभिभावकहरु । तस्विरः प्रअ खगेन्द्रबहादुर लम्जेलको फेसबुकबाट

गोबिन ल्वागुन/धरमपुर (शिवसताक्षी), ३१ बैशाख–झापाको शिवसताक्षी नगरपालिकाका सामुदायिक विद्यालयहरुले यस वर्षको एसईइ परिक्षामा सन्तोषजनक नतिजा ल्याउन सफल भएको छ ।

यसमध्ये शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा नगरपालिकाभर उत्कृष्ट नतिजा हासिल गर्यो । हालसम्मको अवस्थामाले लक्ष्मी नारायण माध्यमिक विद्यँलयले इसईइ उर्तिण गराउने विद्यालयहरुको हिसावले शिबसताक्षी नगरकै प्रथम विद्यालय बन्न सफल भएको हो ।

लक्ष्मी नारायण माध्यमिक विद्यालयबाट यसवर्षको एसईइ परिक्षामाा ३५ जना विद्यार्थीहरु सहभागिता गराएका थिए । ३५ जना विद्यार्थीहरुमध्ये ३४ जनाले उत्कृष्ट अंकसहित इसईइ उर्तिण गरेको राष्ट्रिय परिक्षा बोर्डको तत्याङ्कम देखएको छ ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेलले जम्मा सहभागि विद्याथीको संख्यामा एक जना विद्यार्थी बाहेकले उत्कृष्ट अकंसहिर्त एसईइ उर्तिण गरेको र नगरभरकै धेरै विद्यार्थी उर्तिण गर्ने विद्यालयमा पहिलो बन्न सकेको दावी गर्नुभयो ।

प्रधानाध्यापक लम्जेलले यसवर्षको ततिजाले विद्यालय परिवार गर्वान्वित भएको बताउनुभयो । “यो सफलता विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्व, शिक्षकहरूको लगनशीलता, विद्यार्थीहरूको अथक मेहनत तथा अभिभावकहरूको निरन्तर साथ र मार्गदर्शनको प्रतिफल हो,” सहायक प्रधानाध्यापक कुमार खतिवडाले बताउनुभयो ।

यस वर्ष सामुदायिक विद्यालयतर्फ दुई विद्यार्थीले उत्कृष्ट ४ जिपिए प्राप्त गर्न सफल भएका छन् । भानु माध्यमिक विद्यालय लालझोडाकी कञ्चन काफ्ले तथा भानु माध्यमिक विद्यालय पाराबारी का मञ्जिल नेपालले ४ जिपिए ल्याएका हुन् ।

त्यसैगरी सामुदायिक विद्यालयमध्ये एसईइ परीक्षामा सहभागी विद्यार्थीहरूमा लक्ष्मी नारायण माविले धेरै विद्यार्थी उत्तीर्ण गराएर नगरमा प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै, संस्थागत विद्यालयतर्फ रेडरोज एकाडेमी का आभार तिम्सिनाले ३।९६ जिपिए प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *