काठमाडौँ, १ जेठ–राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।
एन्फा महासचिव सहितका पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो । एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गरे ।
यसअघि राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो।
निलम्बन फुकुवापछि महिला टोली साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बढेको छ।
