दमक, ३ जेठ–नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा–५ ले आज प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ ।
कमल गाउँपालिकाको वडाँ नम्बर ५ पाडाजुँङ्गी चोकमा राष्ट्रिय भुतपूर्व सैनिक संघ झापा–५ क्षेत्रीय समितिले प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको हो ।
सो कार्यक्रममा भुतपूर्व सैनिक संघलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने कमल–६ गेउरिया चोक निवासी युवनाथ अधिकारीलाई कदरपत्र प्रदान गरिएको थियो ।
त्यस्तैं, वीरगति प्राप्त परिवारलाईसमेत सोही कार्यक्रमवीच वीरगति सम्मान पत्रले सम्मान गरिएको संघका सचिव बलराम धिमालले जानकारी दिए ।
संघका क्षेत्रीय सभापति गोपाल निरौलाको अध्यक्षतामा र जिल्ला सभापति कान्तिबहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रथम साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको हो ।
कार्यक्रममा क्षेत्रीय सभापति निरौलाले नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ झापा–५ ले एक वर्षभरी सम्पन्न गरिएका विभिन्न गतिविधिहरु र आगामी वर्षको योजना र कार्यक्रमलाई समेटेर तयार पारिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा कोषाध्यक्ष बिनोद कोइरालाले संस्थागत आम्दानी र खर्चको विबरणहरुसहित आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षले पेश गरेका दुबै प्रतिवेदनलाई कार्यक्रममा सहभागिहरुले आ–आफ्ना सुझावहरुसहित सर्वसम्मत पास गरेका थिए ।
त्यसैगरी, राष्ट्रिय भुतपूर्व सैनिक संघ स्थापना भएको पहिलो वर्षमा संघले समाजमा रचनात्मक र सृजनात्मक गतिविधिहिरु सफलताका साथ सम्पन्न गरेको भन्दै केन्द्रीय समितिले कदरपत्र प्रदान गरेको र सोही कदरपत्र कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका संघका झापा अध्यक्ष कान्तिबहादुर कार्कीले क्षेत्रीय सभापति निरौलालाई हस्तान्त्रण गरेका थिए ।
संघले गत वर्ष विश्व वातबरण दिवसको अवसर पारेर दमकस्थित आम्दा हस्पिटल दक्षिण भाइरल सडकमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपेका थिए ।
त्यस्तैं, संघले कमल–२ ज्योती माध्यमिक विद्यालयका जेहेन्दार तथा लगनशिल विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालय पोशाक, खेलकुद र स्टेशनरी सामाग्ीहरु वितरण गरिएको सचिव बलराम धिमालले जानकारी दिए ।
संघका क्षेत्रीय सचिव बलराम धिमालले सञ्चालन गरेका कार्यक्रममा उपाध्यक्ष दीपक पाण्डेले शब्दहरुमार्फत स्वागत मन्तव्य राखेका थिए ।

