गगन थापा

काठमाण्डौं, ४ जेठ–नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जिते पनि हारे पनि वा चुनावमै भाग नलिएका बेला पनि देशको राष्ट्रिय शक्ति नेपाली कांग्रेस रहेको बताएका छन्।

उनले राष्ट्रिय पार्टी चुनावी परिणामले मापन गर्ने भए पनि राष्ट्रिय शक्ति इतिहास, विचार, विश्वास र भूमिकाले गर्ने बताए।

नेपाली कांग्रेस पार्टी एउटा राष्ट्रिय शक्ति हो, राष्ट्रिय पार्टी हो कि होइन भन्ने कुरा निर्वाचनको परिणामको आधारमा मापन हुने कानुनी व्यवस्था छ,’ प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भने, ‘राष्ट्रिय शक्ति चुनावले निर्धारण गर्दैन, यसको इतिहास, वैचारिकी, यसप्रतिको विश्वास र भूमिकाले गर्छ।’

उनले कांग्रेस पार्टी निर्वाचित जित्दा, हार्दा वा निर्वाचन नलडेका बेला पनि राष्ट्रिय शक्ति हो।

‘नेपाली कांग्रेस निर्वाचन जित्दा, हार्दा वा पञ्चायतका पालामा निर्वाचन नलड्दा कांग्रेस राष्ट्रिय शक्ति नै थियो,’ उनले भने, ‘राष्ट्रिय शक्ति भएकोले हेडलाइनमा के निस्कियो भनेर त्यसलाई पछ्याउँदै हिँड्ने र क्षणिक लाभहानिका लागि प्रभावित भएर निर्णय गर्ने पनि होइन। कहिलेकाहीँ हार्न तयार हुने हो, राष्ट्रिय राजनीतिमा उठेका विषयमा प्रतिक्रिया व्यक्त गर्न भन्दा पनि त्यसलाई दिशा दिने हो। सम्हाल्छ कसलेरु राष्ट्रिय शक्ति हो भने कांग्रेस छ भन्ने कांग्रेसलाई मत नहाल्नेलाई पनि लाग्नुपर्छ।’

सभापति थापाले निर्वाचनबाट जितेर आएको सरकारसँग शक्ति हुने भए पनि त्यसको सीमा हुने बताए।

‘संविधानले सीमाहरू कोरिदिएको हुन्छ, कानुन बनाउन पाउने अधिकार हुन्छ, कानुन केमा बनाउने र केका लागि बनाउने भन्ने कुरा परिभाषित भएको हुन्छ,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *