शेरबहादुर देउवा

काठमाडौँ, ५ जेठ–नेपाली कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेपछि संस्थापन इतर (देउवा) पक्षले नयाँ राजनीतिक दल गठनको आन्तरिक तयारी तीव्र पारेको छ।

सोमबार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएका कार्यकर्ता तथा नेताहरूबीच नयाँ पार्टी स्थापना गर्ने विषयमै केन्द्रित रहेर लामो छलफल भएको छ। कांग्रेस स्थापनाकालदेखिकै राजनीतिक केन्द्र मानिने चाक्सीबारी अचेल नयाँ पार्टी निर्माणको बहसले तातेको छ।

सोमबारको छलफलका क्रममा काठमाडौँका नेता राजुराज जोशी, अछामका देवराज देवकोटा र सिरहाका रामदयाल यादव लगायतले नेता सिंहलाई अब नयाँ कदम चाल्न ढिलाइ गर्न नहुने भन्दै दबाब दिएका थिए। जवाफमा सिंहले पार्टीभित्रको एकता र नयाँ विकल्पबारे गम्भीर विमर्श भइरहेको र जेठ महिनाभित्रै एउटा ठोस निष्कर्षमा पुगिने आश्वासन दिएका छन्।

तर नेता सिंहको अमूर्त जवाफमा अछामका देवकोटाले असन्तुष्टि जनाए। उनले सिंहकै नेतृत्वमा तत्कालै नयाँ दल घोषणा गर्नुपर्ने माग राख्दै भने, ुएउटा कार्यालय खोलेर कोठाबाहिर प्रकाशमान सिंह बाहिर, भित्र वा व्यस्त लेखिएको नेमप्लेट चाँडै राख्नुपर्‍यो दाइ, विमलेन्द्र दाइको पनि यस्तै हुनुपर्छ। अब नयाँ पार्टी बनाउनुको विकल्प छैन, ढिलो नगर्नुहोस्।ु कार्यकर्ताको कुरा सुनेपछि सिंहले आफूहरू अझै छलफलकै क्रममा रहेको दोहोर्‍याए।

त्यसैगरी सिरहाका यादवले सभापति गगन थापासँग संवाद गरी तत्कालका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य रोक्न शेखर कोइरालालाई भन्नुपर्ने प्रस्ताव गरे। यादवले भने, ुदाइहरू छलफलमै छौँ भन्नुहुन्छ, तर जिल्लामा साथीहरूलाई अद्यावधिक गर्न दबाब छ। यो कार्य रोक्न लगाउनुपर्‍यो, पार्टी एकता गरे पनि वा नयाँ दल खोले पनि कार्यकर्ता त जोगाउनुपर्‍यो।ु तर सभापति थापा आफूहरूको कुरा सुन्ने मुडमा नरहेको सङ्केत सिंहले गरे। लगत्तै राजुराज जोशीले पनि निर्णय लिन ढिला गर्दा कार्यकर्ताहरू तितरबितर हुन थालेको भन्दै चाँडो निष्कर्षमा पुग्न आग्रह गरे।

सिंहले उनीहरूलाई सान्त्वना दिँदै भने, ुहाम्रो पहिलो प्रयास पार्टीभित्रै एकता बचाउने हो, त्यो नभए नयाँ विकल्पमा जान्छौँ। नआत्तिनुहोस्, सबै काम सोचीविचारी भइरहेको छ।ु प्रादेशिक भेलाहरू भइरहेकाले जेठभित्रै काठमाडौँमा हुने केन्द्रीय भेलाबाट अन्तिम निर्णय लिइने सिंहको प्रष्टीकरण थियो। चाक्सीबारीमा बिताएका करिब दुई घण्टाको अवधिमा सिंहलाई देशैभरका कार्यकर्ताबाट फोनमार्फत पनि नयाँ पार्टी खोल्न लगातार दबाब आइरहेको थियो।

यसैबीच, सोमबार मध्यान्ह १२ बजेतिर पूर्वगृहमन्त्री रमेश लेखक चाक्सीबारी पुगेका थिए। सिंह र लेखकबीच करिब आधा घण्टा संवाद भएको थियो। बाहिरिने क्रममा लेखकले पार्टी एकता र प्रादेशिक भेलाका विषयमा कुराकानी भएको संक्षिप्त जानकारी दिए।

स्रोतका अनुसार, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नै नयाँ दल गठन गरेर अघि बढ्न हरियो झण्डा ९ग्रिन सिग्नल० देखाएपछि यो चर्चाले गति लिएको हो। हाल हङकङमा रहेका देउवासँग इतर पक्षका नेताहरू नियमित सम्पर्कमा छन्। कार्यकर्ताले देउवाको अवस्थाबारे सोद्धा सिंहले भने, ‘उहाँसँग विभिन्न माध्यमबाट संवाद भइरहेको छ, चाँडै नेपाल आउनुहुन्छ।’

सम्पत्ति शुद्धीकरणको मुद्दामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। इतर समूहका नेताहरूले उनलाई नेपाल फर्केर कानुनी लडाइँ लड्न र राजनीतिक अभिभावकत्व ग्रहण गर्न आग्रह गरिरहेका छन्। देउवा तत्काल फर्कने टुंगो नभए पनि नयाँ ढङ्गले अघि बढ्न उनले संकेत गरिसकेका छन्।

यो समूहले प्रादेशिक भेलाहरू सम्पन्न गरेपछि राष्ट्रिय भेलामार्फत ‘कांग्रेसको १५ औँ महाधिवेशनु गरेर नयाँ नेतृत्व चयन गर्ने रणनीति बनाएको छ। एक नेताका अनुसार, साता–पन्ध्र दिनभित्र एकताको वातावरण नबनेमा नयाँ नेतृत्वको सूची लिएर निर्वाचन आयोग जाने तयारी छ। सुरुमा आयोगले गगन थापा नेतृत्वको कांग्रेस मात्र दर्ता रहेको जवाफ दिने अनुमान गर्दै त्यसपछि नयाँ नाम प्रस्ताव गरिने रणनीति छ।

नयाँ दलका लागि ‘राष्ट्रिय कांग्रेसु नाम र चुनाव चिन्ह ुशंखु राख्नेबारे प्रारम्भिक छलफल भइरहेको छ। यद्यपि, निर्वाचन आयोगमा बालकृष्ण न्यौपाने नेतृत्वको नेपालका लागि नेपाली पार्टीको चिन्ह पनि गोलाकारसहितको ‘ शंखु नै रहेकाले यसमा कानुनी परामर्श पनि भइरहेको बुझिएको छ। अहिले शीर्ष नेताहरूमाथि कार्यकर्ताको तर्फबाट नयाँ पार्टी घोषणा गर्न तीव्र दबाब सिर्जना भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *