वीरगन्ज, ६ जेठ–व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पर्साको वीरगन्जबाट पक्राउ परेका छन्। प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको हो।
आफ्नो महाअभियानको कार्यक्रमका सिलसिलामा वीरगन्ज पुगेका प्रसाईंलाई प्रहरीले कार्यक्रम हुनु अगावै पक्राउ गरेको हो। महाअभियानको उक्त कार्यक्रम भोलि ९बुधबार० का लागि तय गरिएको थियो।
यसअघि पनि प्रसाईंले पर्सामा पटक(पटक कार्यक्रम आयोजना गर्ने प्रयास गरेका थिए। तर, स्थानीय प्रशासनबाट अनुमति नपाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिँदै कार्यक्रममा रोक लगाउँदै आएको छ। यस पटक पनि स्थानीय प्रशासनले कार्यक्रमको अनुमति नदिएको बुझिएको छ।

