धरमपुर, ९ जेठ–झापाको शिबसताक्षी–२ धरमपुरस्थित सयपत्री चोकमा शनिबार किरात राई समुदायको दोस्रो ठूलो चार्ड उभौली धुमधामका साथ मनाइएको छ । प्रकृतिपुजक किरात राई समुदायले विधिपूर्वक भूमे पुजाका साथ साकेला नाचेर एक महिनासम्म उभौली मनाउदै आएका छन् ।

किरात राई यायोख्या शिबसताक्षी–२ वार्ड समितिले  माङखिम (मन्दिर) को प्राङ्गणमा आयोजना गरेको उभौली कार्यक्रममा शैक्षिक सत्र २०८२ अन्तर्गत माध्यमिक शिक्षा परिक्षा (एसईई) उर्चिण गर्ने एक दर्जन राई विद्यार्थीहरुलाई सम्मान–पत्र प्रदान गरिएको छ ।

यसरी सम्मानित हुने विद्यार्थीहरु सोनिया राई, इम्सोहाङ चाम्लिङ राई, भीमा राई, उजन राई, बिषान मुकारुङ राई, सचिनहाङ राई, आकृती राई, रोजन राई, सुमिना राई, रेशम राई, प्रसाना राई, सनम राई, रेनिशा राई, सम्झाना राई छन् ।

सम्मानित राई विद्यार्थीहरुलाई कार्यक्रमका अध्यक्ष गंगाबहादुर (दीपेश लोहोरुङ) राई र प्रमुख अतिथि शिबसताक्षी–२ का वडाध्यक्ष भीमबहादुर नेम्बाङले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सयपत्री चोकस्थित माङखिम (मन्दिर) परिसरमा आयोजित साकेला उभौलीको शुभकामना आदानप्रदान कार्यक्रममा माङखिम (मन्दिर) लाई एक कठ्ठा जग्गा उपलब्ध गराउनुहुने जग्गादाता बयोबृद्ध जीतसुख राईलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

त्यस्तैं, माङखिम (मन्दिर) परिसरभित्र प्रवेशद्धार गेट निर्माणकर्ता दिलिप–बन्दना खालिङ राईसहित मन्दिरका पुजारी (माङपा) पशुराम राई र ग्राफिस डिजाइनर अनिष राईलाई सम्मान पत्र प्रदान गरिएको हो ।

किरात राई यायोख्या शिबसताक्षी–२ वडा समिति अध्यक्ष गंगाबहादुर (दिपेश लोहोरुङ) राईको अध्यक्षता र २ नम्बर वडा अध्यक्ष भीमबहादुर नेम्बाङको प्रमुख आतिथ्यताा साकेला उभोली मनाइएको हो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिति वडाध्यक्ष नेम्बाङले माङखिम निर्माणमा सहयोग गर्ने दाताहरुको विबरणसहित जग्गादाता, गेट निर्माणकर्ता लगायतको शिलाको अनाबरण गर्नुभएको छ । अनावरण गरिएको सो शिलामा जग्गादाता, भवन निर्माण र गेट निर्माणसम्बन्धि बिबरणहरु उल्लेख गर्रिएको छ ।

माङखिमको प्रवेशद्धारमा गेट निर्माण गर्नुहुने दिलिप खालिङ राईलाई समेत कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो । शिबसताक्षी–१ धमरपुर चोक निवासी खालिङले ४० हजार बराबरको फलामे गेट निर्माण गरिदिएका छन् ।

माङखिम परिसरमा व्यवस्थित किरात राई यायोख्या वडा समितिको कार्यालय भवनको प्रयोजनका लागि एउटा सभाहल निर्माणकार्य सम्पन्न भएको छ । सो भवन निर्माणमा शिबसताक्षी–२ वडा कार्यालय र नगर कार्यालालिकाको कार्यालयले आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

त्यस्तै, यायोख्या वडा समितिले श्रम मार्फत भवन निर्माण गर्नेक्रममा देश तथा विदेशमा रहनुहुने राई दाजुभाईहरुले पठाएका आर्थिक सहयोगबाट सो भवन निर्माणकार्य सम्पन्न गरिएको हो । सो शिलामा रु पाँच हजार बढी सहयोग गर्नेहरुको नाम र विबरण समावेश गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष नेम्बाङ, नगर कार्यापालिका सदस्य कुमार राई, किरात मुन्धुम केन्द्रीय सदस्य, यायोख्या झापाका पूर्व जिल्ला सदस्य प्रेम दुमी राई, शिबसताक्षी–२ का वडा सदस्य यामबहादुर (सञ्जु कुलुङ) राई, यायोख्या शिबसताक्षी नगर अध्यक्ष मदन बाङदेल राई, उपाध्यक्ष सञ्जय राई, तमु ह्यूला छोँज धीँ शिबसताक्षी–२ का अध्यक्ष नेत्रप्रसाद गुरुङ, यायोख्या, वडा नम्बर ३ का अध्यक्ष जंग साम्पाङ राई, पाराबारी बजार व्यवस्थापन समिति अध्यक्ष मेघराज ओझा लगायतले साकेला उभौलीको शुभकामना व्यक्त गरेका थिए ।

सो कार्यक्रममा झापा गाउँपालिकाबाट साकेला नृत्य टोली, शिबसताक्षी नगर समितिको साकेला नृत्य टाोली, शिबसताक्षी–३ को वडा स्तरीय सकेला टोली, वडा नम्बर २ को आयोजक साकेला टोलीसहित केलाङ नृत्यसमेत प्रर्दशनी गरेका थिए ।

सोही कार्यक्रममा, शिबसताक्षी–२ घर भएर हाल अमेरिकामा कार्यरत सुमन राईले आफ्ना आफन्तहरुबाट संङ्कलन भएको रु ७८ हजार यायोख्या वडा समितिलाई हस्तान्त्रण गरिउको छ । सो सहयोग रुपैया सुमन राईका पिता टंकबहादुर राईले यायोख्या वडा समिति अध्यक्ष गंगाबहादुर राईलाई हस्तान्त्रण गर्नुभएको हो ।

कार्यक्रममा उपाध्यक्ष थामबहादुर राईले स्वागत मन्तब्य र सञ्चालन काजिमान राईले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *