काठमाडौँ, १५ जेठ–नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी र कार्यान्वयनमा चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन्।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक राईले बजेटको आकार र ऋणको भारप्रति गम्भीर चासो व्यक्त गरे।

बजेटका केही प्राविधिक पक्षहरूलाई सकारात्मक रूपमा लिँदै राईले कर प्रणालीमा गरिएको परिवर्तनले स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने नीति लिएको बताए।

यस्तै, निकायहरूको खारेजी र खर्च कटौतीको प्रयास उचित भए पनि यसले सेवा प्रवाह ९सर्भिस डेलिभरी०मा पार्नसक्ने प्रभावप्रति सचेत रहनुपर्ने उनको तर्क छ।

सचेतक राईले राष्ट्रिय योजना आयोगले १८।९७ खर्बको बजेट सीमा ९सिलिङ० तोकेकोमा सरकारले त्यसलाई उल्लंघन गर्दै २१।२४ खर्बको बजेट ल्याएकोमा आलोचना गरे।

तोकिएको सीमाभन्दा १२ प्रतिशत बढीको यो बजेटले मुलुकलाई थप ऋणको भुमरीमा फसाउने उनले दावी गरे।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *