शिबगञ्ज, १५ जेठ–१९औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले शिबगञ्जमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

शिबसताक्षी–६ शिबगञ्ज बजारमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको छ ।

नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेतको अध्यक्षताम रक्तदान कार्यक्रम सञ्चालन भएको थियो ।

सो रक्तदान कार्यक्रममा कांग्रेस झापा सभापति देउमान थेवे, नेता भक्ति सिटौला, शिबसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्की, दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल लगायतको उपस्थिति थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले प्राविधिक सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले कार्यक्रमको समन्वय गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *