दमक, १६ जेठ–झापााको दमक–१० सेतुमाडीस्थित रतुवाखोलाको पुल मुनी आज सेतो प्लास्टिकको बोरामा युवतीको शव भेटिएको छ ।

शनिबार, रतुवाखोलाको पुल मुनी प्लास्टिकको बोरामा शनिवार शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरीका अनुसार करिब ३०/३२ वर्षीय युवतीको शव भेटिएको हो।

रातो भेस्ट, जिन्सको पेन्ट लगाएको युवतीको शव भेटिए पनि पहिचान खुलेको छैन। दुई–तीन दिन अघिदेखि नै पानीमा रहेकाले ढाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

डीएसपी खड्का अनुसार, मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, दमकका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

मृतकको बायाँ हातमा ट्याटु रहेको छ । शवको पहिचानका लागि प्रहरीले सहयोग मागेको छ । कसैले पहिचान गर्न सकेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *