दमक, १६ जेठ–झापाको दमकमा युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले डिजिटल उद्यमशीलता तालिम सुरु भएको छ।

आज (शनिबार) बिहान दमक बहुमुखी क्याम्पसमा ाआयोजित तालिमको उद्घाटन गरिएको छ । सो तालिमलाई कायषर््क्रमका प्रमुख अतिथि नगर प्रमुख रामकुमार थापाले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले डिजिटल सीपले युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वर्ल्डलिन्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालमै पहिलो पटक वा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले डिजिटल उद्यमशीलता तालिम सञ्चालन गरेको हो।

तालिम उद्घाटन समारोहमा बोल्दै वर्ल्डलिन्क कम्पनीकी सीएसआर प्रमुख अनुपा भण्डारी जलनले डिजिटल सीप र प्रविधिको प्रभावकारी प्रयोगमार्फत युवा तथा उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताइन्।

तालिममा २५ जना युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यवसायिक उपयोग, अनलाइन प्रवर्द्धन तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

डिजिटल युगमा व्यवसाय विस्तार, बजार पहुँच वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास गरिएको वर्ल्ड लिन्क कोशी प्रदेशका जन सम्पर्क प्रमुख राजन तिम्सिनाले बताए । यस कार्यक्रमले स्थानीय उद्यमीहरूलाई प्रविधिमैत्री व्यवसाय सञ्चालन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *