काठमाडौँ, १७ जेठ–अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु भएको छ । टर्किस एयरलाइन्सको जहाजमार्फत नेपाल फर्किएका गोरखाका ७३ वर्षीय श्यामहरि मरहट्टाको मृत्यु भएको हो ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्र उनी अचेत अवस्थामा भेटिएका थिए । उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले जानकारी दिए । उनका अनुसार मरहट्टा आफ्नी श्रीमतीसँगै अमेरिकाबाट नेपाल फर्किएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार कानुनी प्रक्रिया र मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ९महाराजगन्ज० मा राखिएको छ ।

मृतकको मेडिकल पृष्ठभूमि ९स्वास्थ्य अवस्था० लगायत अन्य विवरण भने खुल्न बाँकी रहेको विमानस्थलका प्रवक्ता कुमारले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *