दमक, १८ जेठ–किरात राई समुदायको साकेला उभौली समापन कार्यक्रममा दमक थुलुङ डेन्टल किल्निकले मुख र दाँतसम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
झापाको कमल–४ र ५ स्थित सितापुरी चोकमा किरात राई यायोक्खा झापाले आयोजना गरेको साकेला उभौलीको समापन कार्यक्रममा दमक थुलुङ डेन्टल किल्निकले मुख तथा दाँतसम्बन्धि शिविर सञ्चालन गरेको हो ।
सो शिविरमा दन्त रोग विशेषज्ञ वरिष्ठ डाक्टर सोफिया थुलुङले झापाका विभिन्न स्थानहरुबाट साकेला उभौली समापन कार्यक्रममा आउनेहरुको मुख तथा दन्तसमन्धिका समस्याहरु हेर्नुका साथै परामर्शसमेत गरिएको थियो ।

शिविरमा जेष्ठ नागरिक, बालबालिका र युवा युवतीहरुसहित १ सय बढीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा आएर स्वास्थ्य परिक्षण गने कपितयलाई डेन्टल कियरसम्बन्धिका सामाग्रीहरु निःशुल्क प्रदान गरिएको थियो ।
दमक थुलुङ डेन्टल किल्निकका सञ्चालक एबम् लाइफ लाइन अस्पतालमासमेत कार्यरत वरिष्ठ डाक्टर थुलुङले दन्त शिविरमा स्वास्थ्य परिक्षण गर्न आउनेहरुलाई मुख तथा दाँतको हेरचार, दैनिक स्याहारसुसार र समस्या सामाधानका बारेमा सहजिकरण गर्नुभएको थियो ।
शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ थुलुङसहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशी लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
सो शिविरबाट आम सर्वसाधारणलाई दाँतको उपचार, दाँतको महत्व, यसको हेरचारका बारेमा र्संचेतना बृद्धि गराउन सकिने डाक्टर थुलुङले बताउनुभयो ।

