काठमाडौँ, १८ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका छन्।
उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची छ।
सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन्।
लामिछाने जेठ २२ गते स्वदेश फर्किने छन्।
