काठमाडौं, २१ जेठ–महामन्त्री डा.धवलशम्सेर राणासहित १८३ जना नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका घोषणा छन्।

आज बिहीबार काठमाडौँमा कार्यक्रम गरी उनीहरूले संयुक्त रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको घोषणा गरेका हुन्।

पहिलो चरणमा डा.राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन्।

बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीलगायतले राप्रपा छोडेका हुन्। अर्को चरणमा थप नेताले राप्रपा छोड्ने जनाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *