दमक, १२ असार–मोरङको मिक्लाजुङ–३ (टाँडी) धोबेनीस्थित कालिका सामुदायिक माध्यमिक विद्यालयमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

कालिका सामुदायिक माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा दमकस्थित दमक थुलुङ डेन्टल केयर सेन्ट्ररका दन्त रोग विशेषज्ञ डाक्टरसहितको टोलीले दन्त परिक्षण गर्नुका साथै दाँत तथा मुखको हेरचार, महत्वका बारेमा जानकारी गराइएको थियो ।

शिविरमा त्यहाँ अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु र शिक्षक–शिक्षिकाहरुसहित ४ सय ७७ जनाले सेवा लिएका थिए । सो मध्ये ३९ जना विद्यार्थीहरुको मात्रै दाँत र मुख स्वास्थ्य देखिएको दमक दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले जानकारी गराउनुभयो ।

डाक्टर थुलुङका अनुसार विद्यालयका अधिकाँष विद्यार्थीहरुमा दाँत तथा मुखसम्बन्धि समस्या देखिएको छ । उनिहरुलाई तत्काल थप उपचार र परामर्शको समेत जरुरी रहेको डाक्टर थुलुङले बताउनुभयो ।

शिविरमा ५१ जना विद्यार्थीहरुको किराले खाएको दाँतलाई औषधीसहित निकाल्ने (झिक्ने) काम गरिएको छ । त्यस्तै, शिविरमा विद्यार्थीहरुलाई निःशुल्क दाँत माझ्ने ब्रस प्रदान गरिएको दमक थुलुङ डेन्टल केयर सेन्टरका सञ्चालकसमेत रहनुभका दन्त रोग विशेषाज्ञ थुलुङले जानकारी गराउनुभयो ।

वहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा कोठामै दाँत तथा मुखसम्बन्धि हेरचार, यसको महत्व र यसबाट वच्न ध्यान दिनुपर्ने विषयमा समेत जानकारी गराउन आवश्यक भएको बताउनुभयो ।

डाक्टर थुलुङले दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले दाँतको उपचार लिन टाढा जानुपर्ने र खर्चििलो उपचार भएको बुझाइका कारण यो समस्या विकराल बन्दै गएको बताउनुभयो ।

यसबारेमा समयमै उचित शिक्षा पुर्याउँन नसके प्रायः ग्रामिण क्षेत्रमा बसोबास गर्ने घर परिवारका सदस्यहरुमा दाँतसम्बन्धि समस्याहरु बढेर जाने डाक्टर थुलुङले चिन्ता व्यक्त गर्नुभयो । वहाँले यस्ता समस्यालाई न्यूनिकरया गर्न विद्यालयस्तरमा दाँत तथा मुखको हेरचार र महत्वका बारेमा शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ थुलुङसहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *