काठमाडौँ, २९ असार–प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णय अनुसार श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे।

सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहने भन्दे नयाँ अध्यक्षबाट ठूलो अपेक्षा रहेको बताए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *