दमक, १० साउन–झापाको दमकमा उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ३३ पिन्ट रगत सङ्कलन भएको छ ।

दमक-६ ग्लोबल माध्यमिक विद्यालय नजिकै रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको उद्यम बचत तथा ऋण सकारी संस्थाका सञ्चालक समिति अध्यक्ष वीरेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

सञ्चालक समिति अध्यक्ष वीरेन्द्र पोख्रेलको अध्यक्षता निवर्तमान अध्यक्ष चन्द्र खड्का भट्टराईको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको सञ्चालक समिति सदस्य जीतबहादुर (जीतु) धिमालले जानकारी दिनुभयो ।

सो क्रममा अध्यक्ष पोख्रेलले उद्यम विकास साकोसको १८औं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरु, कर्मचारीहरु र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति र विभिन्न उपसमितिका संयोजक र सदस्यहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रममा सञ्चालक समिति अध्यक्ष विरेन्द्रकुमार पोख्रेल, उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, व्यवस्थापक सोमनाथ दाहाल, लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र कटुवाल लगायत, शेयर सदस्यहरु र कर्मचारीहरुले रगतदान गर्नुभएको थियो ।

कार्यक्रममा उद्यम बचत तथा ऋण सहकारी संस्था लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र कटुवाल, नेपाल रेडक्रस सोसाइटी दमक नगर शाखाकी अध्यक्ष गोमादेवी बुढाथोकी, रक्तसंचार विभाग प्रमुख सिद्धार्थ द दाहाल, जीवनचक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, कल्ब हिमालयन टाइगरका अध्यक्ष रेवतचन्द्र भण्डारी, नेपाल भूतपर्व सैनिक संघ दमक क्षेत्रीय समितिका सचिव एबम सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य बलराम धिमाल लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमवीच १८औं वार्षिकोत्सवमा रक्तदानमा सहभागि हुनुहुने रक्तदाताहरुलाई सहकारी संस्थाको तर्फबाट मायाको चिनोसहित प्रमाणपत्र वितरण गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।

सो कार्यक्रममा सञ्चालन उद्यम विकास सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सञ्चालक समितिकी सचिव दीपा अधिकारीले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *