काठमाडौं, २१ साउन–भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते (अगस्ट १६) पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।
नेपाली सेनाका अनुसार जनरल सेठ साउन ३१ गते काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन्।
गत असार १५ गते (जुन ३०) भारतीय सेनाको ३१औँ सेना प्रमुख नियुक्त भएका जनरल सेठको यो नेपाल भ्रमण औपचारिक भ्रमण हुनेछ।
भ्रमणका क्रममा उनलाई नेपाली सेनाको परम्पराअनुसार मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीच दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथी ९जनरल० को सम्मान प्रदान गर्ने दीर्घकालीन परम्परा रहँदै आएको छ।

