पाडाजुंगी, २२ साउन–झापाको कमल–५ पाडाजुंगी चोकमा शुक्रबार वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । किरात राई यायोक्खा कमल गाउँ समितिले ३९औं स्थापना दिवासको अवसर पारेर आयोजना गरेको रक्तदानमा ६५ पिन्ट रगत संकलन भएको छ ।

किरात राई यायोक्खा कमल र नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमलको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कमल पालिका शाखाको समन्वय र दमकस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसंचार विभागको प्राविधिक सहयोगमा भएको रक्तदानमा ११ महिलासहित ६५ जनाले रगतदान गरेका हुन् ।

किरात राई यायोक्खा कमलका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा कमल–३ का वडाध्यक्ष अग्नीप्रसाद कोइराला, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिकाका अध्यक्ष बद्री साम्पा® राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन यायोक्खा कमल गाउँ कार्यसमितिका सदस्य चन्द्रप्रकाश राईलेगर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *