दमक, २४ साउन–झापाको दमकमा श्रम संस्कृति पार्टीले राजनीतिक गतिविधिलाई तीब्रता बनाएको छ । दमकको १ देखि १० वटै वडामा श्रम संस्कृति पार्टीले वडा कमिटी गठन, टोल, वडा र नगरस्तीय बैठक, प्रशिक्षण, भेटघाट र साप्ताहिक रुपमा श्रममार्फत सामाजिक सेवामुलक कार्यहरु गर्दै आइरहेका छन् ।
यसैवीच, श्रम संस्कृति पार्टीले आज (आइतबार) दमक वडा नम्बर १ मा वडा स्तरीय पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । पार्टीका उपमहासचिव एबम् झापा–५ का प्रतिनिधिसभा सदस्यतर्फका प्रत्यासी समिर तामाङले सो कार्यालयको उद्घाटन गर्नुभएको छ ।
वडा कमिटी अध्यक्ष हरिकुमार राईको अध्यक्षता र उपमहासचिव समिर तामाङको प्रमुख आतिथ्यतमा कार्यालय उद्घाटन गरिएको पार्टी दमकका नेता महेन्द्र चाम्लिङ राईले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि उपमहासचिव तामाङले हामी आ–आफ्नो गाउँ, समाज र देशको विकास र परिवर्तन गर्न श्रम संस्कृति पार्टी मार्फत सफलता हात पार्न सकिने बताउनुभयो । वहाँले लामो समयदेखि ठूला दलहरुले सत्ता र सरकारमा बसेर देश ब्रमलुट बनाएको र अवको दिनमा यस्तो कार्यलाई रोक्न जरुरी रहेको जोड दिनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सचिव हस्तराज (ब्रबिम) शेर्माले पुराना दलहरुको अवस्था दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो ।
वहाँले नेपाली समाजमा जवरजस्त र बाध्यताले पुराना दलको कार्यकर्ता भएर बस्नुपरेको र विधि, अनुशासन, प्रगति र विकासका कुराहरु उठाउन वा बोल्न नसकिरहेको अवस्थामा श्रम संस्कृति पार्टीले समाज र देश बनाउन श्रम संस्कृति मार्फत एकै ठाँउमा उभिएर अघि बड्न आग्रह गर्नुभयो ।
पार्टी कार्यालय उद्घाटन समारोहमा पार्टी केन्द्रीय सदस्य कुन्दन श्रेष्ठ, मिका दुलाल र चन्द्रप्रकाश चेमजोङ, जिल्ला कमिटी झापाका सदस्य ज्ञानेन्द्र कुरूङभङ लगायत दमकको १ देखि १० वटै वडा कमिटीका अध्यक्षसहित स्थानीय नेताहरुको उपस्थिति रहेको नेता महेन्द्र चाम्लिङ राईले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक पार्टी परित्याग गर्ने ६५ जनालाई श्रम संस्कृति पार्टीमा प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई पार्टीका उपमहासचिवसहित केन्द्रीय नेताहरुले भब्य स्वागत तथा सम्मान गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन पार्टी वडा कमिटीकी कोषाध्यक्ष बिनिता थुलुङ राईले गर्नुभएको थियो ।
