सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था

चारपाने (बिर्तामोड), २६ भदौं–बिर्तामोड-चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी असोज १० गते हुने निर्वाचनमा उम्मेद्वाहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

झापा बिर्तामोड–२ स्थित चारपानेमा मूल कार्यालय रहेको साकोसको निर्वाचन उप समितिको कार्यालय २०८३ ले बिहीवार उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

संस्थाको सञ्चालक समितितर्फ अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष एक, कोषाध्यक्ष एक र सदस्य ५ जना ९३३ प्रतिशत महिला अनिवार्य० तथा लेखा सुपरीवेक्षण समिति तर्फ संयोजक एक, र सदस्य दुई पदका लागि २०८३ असोज १० गते निर्वाचनको मिति तोकिएको छ ।

तोकिएको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम मिति र समयसम्म कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन उपसमितिले प्रकाशित गरेको जनाएको छ । जसमा १२ पदका लागि ४५ जनाको उम्मेद्वारी परेको छ । अध्यक्षमा तीन जना, बरिष्ठ उपाध्यक्षमा चार जना, महिला उपाध्यक्षमा चार जना र कोषाध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ ।

खुल्ला सदस्यमा १६ जना, महिला सदस्यमा सात जना, लेखा सुपरिवेक्षण समिति संयोजकमा दुई र लेखा सुपरिवेक्षण समितिको सदस्यमा छ जनाको उम्मेद्वारी परेको निर्वाचन उप–समितिले जनाएको छ ।

एक बरिष्ठ उपाध्यक्ष र दुई कोषाध्यक्षसहित ३१ पदका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन समय पटक–पटक सारेर सर्वसम्मत गर्ने प्रयास गर्दा पनि सम्भव नदेखिएपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

एक अध्यक्षका लागि तीन जनाले उम्मेद्वारी दिएका छन् । जसमा अध्यक्षमा भारतकुमार गिरी, उपेन्द्रप्रसाद ओली र छविलाल खतिवडाबिच प्रतिस्पर्धा हुनेछ ।

बरिष्ठ उपाध्यक्षमा हेमराज गिरी, टेकनाथ खनाल (टंक), नेत्रबहादुर नेपाल र ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षतर्फ पार्वता गिरी, खीनमाया बस्नेत, गुहेश्वरी बुढाथोकी र सुश्री हरिमाया सिग्देल प्रतिस्पर्धामा छन् । यसैगरी कोषाध्यक्षमा भीमवहादुर गिरी, भोला धिताल, लक्ष्मीप्रसाद आचार्यले प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

खुला सदस्यमा गोविन्द कार्की, तीर्थराज सिग्देल, देवीप्रसाद खरेल, नारायणप्रसाद गिरी, पदम गिरी, प्रेमप्रसाद अधिकारी, भगिरथ लुइटेल, भुपेन्द्रकुमार साह,, मदनराज कट्वाल, रमेश काफ्ले, रमेश सेडाई, रामप्रसाद अधिकारी, लालबहादुर गिरी, शंकरप्रसाद रिजाल, सीताराम न्यौपाने र सुजन खरेल छन् ।

महिला सदस्यतर्फ तारा भट्टराई, प्रमिला तिम्सिना, राधिका चुडाल (हुमागाई) रेनुका उप्रेती मैनाली, शिखा खड्का, सुनिता ओली, हिमादेवी प्रसाईले उम्मेद्वारी दिएका छन् ।

यता लेखा सुपरीवेक्षण समिति संयोजकमा डम्बरबहादुर देउजा र शंकर सुवेदीको उम्मेद्वारी परेको छ भने लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा टिकाराम उप्रेती, नीरजकुमार ओली, भुवन कडेल, बविता घिमिरे, शुक्रबहादुर तामाङ र सुनिल कार्कीको उम्मेद्वारी परेको छ ।

झापासहित ६ वटा जिल्ला कार्य क्षेत्र रहेको संस्थाको ८० वटा सेवा केन्द्र छन् भने करिव दुई लाख सदस्य छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *