दमक, २ असोज–झापाको दमकस्थित सूर्य दर्शन वचत तथा ऋण सहकारी संस्थाले आजदेखि १७औं वार्षिक साधारणसभा शुभारम्भ गरेको छ ।
दमक–६ स्थित सूर्य दशन सहकारी संस्थाको कार्यालय भवनवाट शुभारम्भ गरिएको १७औं वार्षिक साधारणसभा भदौं ९ गते शुक्रबार माइन्युट प्रमाणिकरणसहित सम्पन्न हुनेछ ।
संस्थाले आर्गिक वर्षमा गरेका प्रगती प्रतिवेदन र संस्थाले आगामी वर्षमा समेट्ने नीति, योजना र बजेट लगायतका विषयमा शेयर सदस्यवीच छलफल र अन्तरक्रिया गर्न दमकका वडाहरु र अन्य पालिकालाई क्षेत्र निर्धारण गर्दै इकाईगत वार्षिक सधारणसभा गर्ने कार्यक्रम रहेको सञ्चालक समितिका सचिव कमलप्रसाद नेपालले जानकारी दिए ।

सूर्य दर्शन सहकारी संस्थाले दमकसहित कमल गाउँपालिका, शिबसताक्षी र गौरादह नगरपालिकाका शेयर सदस्यहरुलाई वित्तिय कारोबारका सेवाहरु उपलब्ध गराउदै आइरहेको छ ।
शुक्रबार, सूर्य दर्शन वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको वार्षिक सधारणसभालाई जिल्ला सहकारी संघ झापाका अध्यक्ष एबम् प्रमुख अतिथि प्रेमकुमार कोइरालाले उद्घाटन गरेका थिए ।
सञ्चालक समितिका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभा सम्पन्न भएको हो । सो वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सापकोटाले आर्थिक वर्ष २०८२।०८३ मा संस्थाले गरेका वित्तिय प्रगती विरणहरुसहित संस्थाले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरु र आगामी वर्ष संस्थाको नीति, योजना र बजेटका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको वित्तिय अवस्था 
संस्थाको हाल चुक्ता शेयर पुँजी गत असार मसान्तसम्ममा १२ करोड ३३ लाख २५ हजार रुपैयाँ पुगेको छ । संस्थाले नयाँ शेयर सदस्यलाई न्यूनतम १० हजार शेयर खरिद गर्न र पुराना शेयर सदस्यलाई शेयर थप गर्न प्रोत्साहन गरिने नीति संस्थाले लिएको छ ।
त्यस्तै संस्थाको साधारण जगेडा कोषमा ११ करोड ४७ लाख ६९ हजार रुपैयाँ र अन्य कोषहरु तर्फ ८४ लाख ९९ हजार रुपैयाँसहित १२ करोड ३२ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तैं, संस्थाको आर्थिक (लेखा विवरण) अवस्थालाई चित्रण गरिएको वार्षिक लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिको संयोजक डिल्ली मुखियिाले प्रस्तुत गरेका थिए ।
कर्मचारीलाई सम्मान तथा पुरस्कार

साधारणसभाको उद्घाटन समारोहमा सूर्यदर्शन साकोस स्थापनाकालबाट कार्यरत कर्मचारी (सेवा निवृत) गोपाल पौडेलसहित नियमित कार्यालयमा हाजिर भएर संस्थाको उनन्यनमा लागिपर्ने बजार शाखामा कार्यरत कर्मचारीहरु यामबहादुर कार्की, निर्मल रिजाल, सुजित शर्मा र अर्जुन खतिवडा, लक्ष्मण गुरागाई, अशोक भण्डारी र तीलकबहादुर बस्नेत लगायतलाई नगद रुपैया र प्रशंषापत्रले सम्मान गरिएको थियो ।
सो समारोहमा राष्ट्रिय सहकारी बैक दमक शाखा प्रमुख अर्जुन कार्की, संस्थाका व्यवस्थापक अरुण भण्डारी लगायत सञ्चालक समितिका पदाधिकारीहरु, सञ्चाालक समितिका सदस्यहरु, लेखा समितिका संयोजक तथा सदस्यहरु, सल्लाहकार समितिका संयोजक तथा सदस्यहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस्तो छः साधारणसभाको तालिका
संस्थाले वार्षिक साधारणसभालाई सभ्य र वृहत बनाउन उद्घाटनका दिन आज असोज ३ गते दमक–४, ८ र ९ का शेयर सदस्यहरुका लागि, आइतबार ४ असोज दमक–६ र १० का शेयर सदस्यहरुलाई, असोज ६ गते मंगलबार दमक–१, ५ र ७ का शेयर सदस्यहरु, असोज ८ गते विहिबार दमक–२ र ३ सहित कमल गाउँपालिका र अन्य पालिकाका शेयर सदस्यहरुलाई र असोज ९ गते शुक्रबार माइन्युट प्रमाणिकरण गरिने भएको छ ।
कार्यालयका निमित्त व्यवस्थापक राजकुमार खडकाले सञ्चालन गरेका समारोहलाई सचिव कमल प्रसाद नेपालले स्वागत मन्तव्य राखेका बजार बिभाग प्रमुख इश्वर नेपालले जानकारी दिए ।

