दीर्घायुकुमार श्रेष्ठ

काठमाडौं, ३ भदौं–सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिए।

श्रेष्ठ यसअघि नेपाल विद्युत् प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। मन्त्रिपरिषद्को निर्णयसँगै श्रेष्ठले अब प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने भएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *