गोविन ल्वागुन/झिलझिले, ४ भदौं–झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ॠण सहकारी संस्थाको झिलझिले सेवा केन्द्रले आज झिलझिलेमा इकाई–२ अन्तर्गत १७औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सोमबार शिबसताक्षी–११ झिलझिलेस्थित सामुदायिक भवनको सभाहलमा भएको १७औं वार्षिक साधारणसभामा स्वर्णलक्ष्मी सहकारी संस्थाका जेष्ठ शेयर सदस्य पदमबहादुर बस्नेतको प्रमुख आतिथ्य र संस्थाको अध्यक्ष ब्द्धिसागर बरालको अध्यक्षतामा भएको थियो ।
वार्षिक साधारणसभाको उद्घाटन समारोहमा सञ्चालक समितिका तर्फबाट सहकारी संस्थाका अध्यक्ष बरालले आर्थिक वर्ष २०८२।०८३ को बार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
अध्यक्ष बरालेले संस्थाको शेयर पुजी रु १० करोड ९३ लाख रहेको छ भने जगेडा कोषमा रु १३ करोड ३९ लाख हेको र करिब ९६ करोड ९५ लाख भन्दा बडी ॠण सदस्यहरुमा लगानी भएको प्रतिवेदन पेश गर्नुभयो ।
त्यस्तै सहकारी क्षेत्रमा देखिएको बिभिन्न चुनौती तथा समग्र बित्तिय बतावरणमा आएको परिवर्तनका बाबजुद पनि संस्थाले कुल वासलतमा करिब ४.६ प्रतिशत वृद्धिगरि रु १ अर्ब २५ करोडको हाराहारीमा पुर्याउन सफल भएको र झिलझिले सेवा केन्द्रले ७ करोड ७५ लाख १५ हजार ८ सय ९ रुपैया कारोबार गरेको बार्षिक प्रतिबेदनमार्फत अध्यक्ष बरालले जानकारी गराउनु भयो ।
हाल ११ हजार २ सय ४७ जना शेयर सदस्यहरु रहेको सस्थामा अध्यक्षद्वारा प्रस्तुत प्रतिबेदनलाई साधारणसभाको बन्दसत्रले सर्बसम्मत अनुमोदन गरेको छ ।
उल्लेख्य मात्रमा शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन झिलझिले सेवा केन्द्रका व्यवस्थापक तथा अधिकृत दुर्गाप्रसाद गुरागाईले गर्नु भएको थियो। वार्षिक साधारणसभा संस्थाका सञ्चालक समिति उपाध्यक्ष सञ्जिव रिमाल, सञ्चालक पुनम रिजाल, सञ्चालक गंगा पौड्याल लगायत थिए ।
मुख्य कार्यलय दमकसहित झापा र मोरङको उर्लाबारीमा समेत गरेर ५ वटा सेवा केन्द्र छन् । हिजो (आइतबार) गौरादहस्थित गौरादह सेवा केन्द्रमा १७औं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
संस्थाको आउँदो असोज ९ गते शुक्रबार दमकमा माइन्युट प्रमाणिकरणसंगै १७औं वार्षिक सधारणसभा सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत राजकुमार बरालले जानकराी दिनुभयो ।
