दमक, ८ असोज–छिमेकी वचत तथाा ऋण सहकारी संस्था दमक सेवा केन्द्रले आज इकाई–५ अन्तर्गत दमकमा २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

२०औं वार्षिक साधारणसभाको अवसर पारेर दमक–६ हनुमान मन्दिरस्थित सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट सदस्यहरुलाई सम्मान तथा पुरस्कार सहित छिमेकी सहकारी संस्थाले आर्थिक वर्ष २०८२।०८३ का प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन वितरण गरिएको थियो ।

दमक सेवा केन्द्र संयोजक सूर्यकुमार श्रेष्ठको अध्यक्षतामा र सञ्चालक समिति सदस्य दया (फुयल) मैनालीको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सो वार्षिक साधारणसभा दमक सेवा केन्द्र मार्फत वित्तिय कारोबार अन्तर्गत विभिन्न विषयततर्फ उत्कृष्ट हुने सदस्यहरु चेतन आचार्य (कर्जा), बिना रिजाल (वचत), कमला घिमिरे न्यौपाने (वचत), रेखा कोइराला (वचत), प्रिया लाचिम्पा गुरुङ (कर्जा), कुवेर प्रसाद गौतम (जेष्ठ नागरिक), पूर्ण लावोती (कर्जा), सध्या श्रेष्ठ (वचत), इन्द्रप्रसाद दाहाल (पेन्सन वचत), अनिता दाहाल (पेन्सन वचत), सृजना बुढाथोकी (धेरै रकमसहितको शेयर) निशान्त सुन्दास (वाल बचत), सुवासचन्द्र भारती (वचत), रियान्स लामिछाने (वाल वचत), सुन्दर खड्की (वचत), रञ्जित डाँगी, प्रदिपराज पौडेल छन् ।

सम्मानित तथा पुरस्कृत सदस्यहरुलाई सभाका अध्यक्ष र प्रमुख अतिथि लगायतले प्रमाणपत्र, खादा, अविर र मायाको चिनो प्रदान गरिएको दमक सेवा केन्द्रका व्यवस्थापक सञ्जिव गुरागाईले जानकारी दिए ।

शिबसताक्षी–८ झिलझिलेमा मुख्य कार्यालय रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले यसअघि कमल–३ केर्खा, शिबसताक्षी–२ मंगबालरे, शिबसताक्षी–५ जनता र कनकाई–३ सुरुङ्गा सेवा केन्द्रहरुमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न गरिसकेको केन्द्रीय कार्यालयका कर्मचारी केशव आचार्यले वताए ।

दमक सेवा केन्द्रमा आयोजित वार्षिक साधारणसभामा संस्थाको प्रगती प्रतिवेदन प्रमुख कार्याकारी अधिकृत नरप्रसाद (नबीन) ओलीले प्रस्तुत गरेका थिए ।

सभामा लेखा सुपरिवेक्षण समितिका सदस्य तारा प्रसाई, दमक सेवा केन्द्र सहयोग समितिका पूर्वसंयोजक रोहित कुमार उप्रेती, दमक सेवा केन्द्र सहयोग समितिका सदस्य लक्ष्मीप्रसाद लामिछाने लगायतको उपस्थिति थियो ।

सभालाई केन्द्रीय कार्यालयका कर्जा विभाग प्रमुख नगेन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने केशव आचार्यले सञ्चालन गरेका थिए ।

सो सहकारी संस्थाको माइन्यूट प्रमाणिकरणसहित २०औं वार्षिक साधारणसभाको समापन आगामी असोज १० गते शनिबार झिलझिलेमा हुने सञ्चालक समितिका अध्यक्ष उदयप्रकाश राईले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *