दमक, ९ असोज–झापाको दमकस्थित स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आज दमकमा १७औं वार्षिक साधारणसभामा सम्पन्न गरेको छ ।

मोरङको उर्लाबारीसहित झापाको गौरादह, सुृरुङ्गा र झिलझिलेमा सेवा केन्द्रहरु स्थापना गरेर वित्तिय गतिविधि गरिरहेका स्वर्णलक्ष्मी सहकारी संस्थाले १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

शुक्रबार, दमकको कस्मिक पार्टी प्यालेसमा आयोजना गरिएको वार्षिक साधरणसभा र यसअघि सम्पन्न गरिएको इकाईगत सभामा सहभागि सदस्यहरुको विबरण, प्राप्त राय-सुझाव, विषयवस्तु र निर्णयलाई दस्ताबेजीकरण गरेको छ ।

सो वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष बुद्धिसागर (बिमल) बरालले आर्थिक वर्ष २०८२।०८३ का प्रगति विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो सभामा अध्यक्ष बरालले रु १ अर्व २५ करोड बराबरको वासलात प्रस्तुत गर्नुभएको हो । रु ९६ करोड ४ लाख बढी वचत संकलन गर्दै रु ९६ करोड ९५ लाख बढी ऋण लगानी गर्न संस्था सफल भएको छ ।

अध्यक्ष बरालले संस्थामा शेयर पूँजी रु १० करोड ९३ लाख छ भने विभिन्न कोषहरुमा रु १३ करोड ३९ लाखको हाराहारी रकम सञ्चित रहेको प्रतिवदेन वाचन गर्नुभयो ।

गौरादह, सुरुङ्गा, झिलझिले, उर्लाबारी र दमकस्थित मुख्य कार्यालयसहित संस्थामा हाल ११ हजार २ सय ४७ जना सदस्यहरु आवद्ध छन् ।

स्वर्णलक्ष्मी सहकारी संस्थाले यसअघि अर्थात असोज ४ गते आइतबार इकाई नं १ गौरादह सेवा केन्द्र, असोज ५ गते सोमबार इकाई नं २ झिलझिले सेवा केन्द्र, असोज ६ गते मंगलबार इकाई नं ३ सुरुंगा सेवा केन्द्र र असोज ७ गते बुधबार इकाई नं ४ उर्लाबारी सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रशासन अधिकृत भगिरथ (ध्रुब) अधिकारीले जानकारी दिनुभयो ।

संञ्चालक समितिका अध्यक्ष बुद्धिसागर (बिमल) बरालको अध्यक्षतामा र पूर्व सञ्चालक हाल संस्थाका जेष्ठ सदस्य तुलसीराम प्रसाईको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

मान–सम्मान तथा पुरस्कारः

वार्षिक साधारणसभाको अवसरमा सहकारी क्षेत्रको विकास र प्रवर्दनमा कलम चलाउने दमकका युवा पत्रकार सुजन गौतमलाई नगद १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई अध्ययनतर्फ प्रोत्साहन गर्न कक्षा–१२ उर्तिण गर्ने तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा निरु खजुम, स्तुती रिजाल र सुमित कुमार रायलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

संस्थाले पूर्व लेखा सुपरिवेक्षण समितिमा आवद्ध रहेर स्वर्णलक्ष्मी साकोसको विकास र प्रवर्दनमा योगदान गरेको भन्दै पूर्व लेखा समितिका संयोजक शिबप्रसाद अधिकारीलाईसमेत वार्षिक साधारणसभामा सम्मान गरेको छ ।

त्यस्तैं, दीर्घसेवा कर्मचारी सम्मानबाट झिलझिले सेवा केन्द्र प्रमुख तथा अधिकृत दुर्गाप्रसाद गुरागाई (झिलझिले), उत्कृष्ट कर्मचरीतर्फ सविन ढुंगेल (सुरुङ्गा), कमल गौड्तौला (दमक), निर्मल धिमाल (दमक), रुपेश खतिवडा (उर्लाबारी) र निखिल उप्रेती (झिलझिले) लाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो समारोहमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल (देबीप्रसाद) गुरागाई, स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष तथा प्राध्यापक बासुदेब काफ्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो समारोहमा संस्थाका उपाध्यक्ष सञ्जिव रिमालले स्वागत मन्तव्य र सञ्चालन प्रमुख कार्यकारी अधिकृत राजकुमार बरालले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *