दमक, १० असोज–झापाको दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनमा शनिबार सम्पन्न २७औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२।०८३ मा विभिन्न विषयगततर्फ उत्कृष्ट सदस्यहरुलाई प्रोत्साहन वापत सम्मान तथा पुरस्कृत गरिएको छ ।

संस्थाले नियमित वचतकर्ताहरुबाट छनौट गरी उत्कृष्ट वचत गर्ने सदस्यहरु र कर्जा (ऋण) कारोबार गर्नेहरुबाट छनौट गरी उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको हो ।

त्यस्तैं, अवकास प्राप्त भूपु वृटिश गोर्खा, भारतीय गोर्खा, सिंगापुर गोर्खा पुलिस, नेपाली सेना, नेपाल प्रहरीहरुवाट उमेरले जेष्ठताका आधारमा छनौट गरी सम्मान गरिएको छ ।

जेष्ठ सदस्यहरुबाट पुरुष २ जना महिला २ जनासहित ४ जनालाई वार्षिक साधारणसभामा सम्मान गरिएको छ । त्यस्तैं, शिक्षातर्फ प्रोत्साहन गर्न कक्षा–१२ उर्तिण गर्ने संस्थामा आवद्ध भएका सदस्यहरुका छोरा–छोरीबाट छात्रा १ र छात्रा १ गरी २ जनालाई नगद पाँच हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

शिक्षातर्फ थप प्रोत्साहन गर्न संस्थाले स्नातक र स्नात्तकोत्तर उर्तिण गर्ने विद्यार्थीहरुलाई नगद पाँच हजार र सात हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।

कृर्षि क्षेत्रमा आर्कंषण गराउन संस्थाले कृषक सम्मान कार्यक्रमसमेत ल्याएको छ । बालबालिकाको नाममा नियमित वचतकर्ता सदस्यबाट एक जनालाई संस्थाले वार्षिक साधारणसभामा सम्मान गरेको हो ।

वर्षेनी संस्थामा कार्यरत कर्मचारीहरुको काम र सक्रियताको आधारमा योगदानको मुल्याङकन गर्दै एक जनालाई नगदसहित प्रशााां पत्रद्धारा सम्मान गरिएको छ ।

राष्ट्रिय बहुमुखी सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष लछुदास राईको अध्यक्षतामा र संस्थाका जेष्ठ सदस्य क्याप्टेन बुद्धिबहादुर राईको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो । सो सभामा उपाध्यक्ष टंकप्रसाद दुलालले स्वागत मन्तव्य राखेका थिए ।

सो सभामा सञ्चालक समितिको तर्फबाट संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष लछुदास राई र लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजक इन्द्रमान चाम्लिङ राईले प्रतिवेदन पेश गर्नुभएको थियो ।

सोही अवसरमा संस्थाको वित्तिय बिवरणसम्बन्धी प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र वान्तवा राईले सहजिकरण गर्नुभएको थियो ।

सहकारी संस्थाले मोरङको पथरी र इलामको चुलाचुलीका सदस्यहरुलाई सेवासमेत प्रदान गर्दै आइरहेको छ । २७औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सञ्चालक समिति सचिव दिपेनवाला राईले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *