दमक, १० असोज–शिखा वचत तथा ँऋण सहकारी संस्थाले आज (शनिबार) दमकमा १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

दमक–६ मा कार्यालय रहेको शिखा वचत तथा ऋण सहकारी संस्थाले पशुपति सेवा सदनमा १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

वार्षिक साधारणसभाको अवसर पारेर शिखा साकोसले आर्थिक वर्ष २०८२।०८३ अन्तर्गत वित्तिय कारोबारतर्फ उत्कृष्ट वचत सदस्यहरु र उत्कृष्ट कर्जा सदस्यहरुसहित जम्मा ५९ जना सदस्यहरुलाई प्रशंषापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तैं, सोही वार्षिक साधारणसभाको अवसर पारेर संस्थाको बाल शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तर्गत शेयर सदस्यहरुका छोराछोरीहरुको नियमित बाल शैक्षिक वचत गर्ने ४७ जनालाई सम्मान गरिएको थियो ।

संस्थाले कर्मचारीहरुवीच कार्यगत मुल्याङ्कनका आधारमा एक कर्मचारीलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर प्रोत्साहन गरिएको थियो । संस्थाले स्टाफ अफ द इयरबाट सम्मानित हुने आशिष लिम्बूलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

संस्था सञ्चालक समितिका अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा शिखा वचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न गरिएको व्यवस्थापक तुलसी राजवंशीले जानकारी दिए ।

सो सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८२।०८३ को प्रगति प्रतिवेदन अध्यक्ष श्रेष्ठले पेश गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले रु ४० करोड, ६१ लाख ५० हजार बराबरको वासलात प्रस्तुत गरेका थिए ।

संस्थामा शेयर पुँजी ३ करोड ५ लाख बढी रहेको र ऋण लगानीतर्फ ३२ करोड १२ लाख वढी छ । संस्थाले ८ करोड २३ लाख बढी रकम तरलता देखाएको छ ।

गौरादह सेवा केन्द्रसहित दमक केन्द्रीय कार्यालयका गरेर संस्थामा क्रियाशिल सदस्यहरु २ हजार ८ सय ६८ जना छन् । त्यसमा पुरुषतर्फ १ हजार ४ सय ९७ जना र महिलातर्फ १ हजार ३ सय ७० जना छन् ।

अध्यक्ष श्रेष्ठले संस्थाले गौरादह सेवा केन्द्र र केन्द्रीय कार्यलय दमकको र्आिर्थक वर्ष २०८३।०८४ का नीति, कार्यक्रम, योजना र बजेटसहितको प्रस्ताव पेश गरेका थिए ।

त्यस्तैं, वार्षिक साधारणसभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजक बिबेक मैनालीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो सभामा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक चुढामणी ओझा, शिखा वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष प्रितम लिङ्देन लिम्बू, स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर बराल, फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कुवेर प्रसाद तुम्बापो, शिखा साकोसका उपाध्यक्ष हरि लामा, सहसचिव राजेन्द्र चेम्जोङ, कोषाध्यक्ष कुमार निरौला लगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति रहेको व्यवस्थापक तुलसी राजवंशीले बताए ।

सञ्चालक समितिका सचिव तीर्थराज किराँत राईले सहजिकरण गरेका कार्यक्रममा सञ्चालक समिति सदस्य तेजकुमारी मगरले वार्षिक साधारणसभामा शिखा साकोसले दमकमा वित्तिय सेवामुलक गतिविधिहरु गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, सरसफाई, बृक्षारोपण लगायतका शिर्षकमा काम गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनहरुमासमेत शिखा सहकारी संस्थाले रचनात्मक र सृजनात्मक कार्य गर्दै जाने प्रतिवद्धता जनाउँदै स्वागत मन्तव्य राखेका थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *