काठमाण्डौं, ११ असोज-पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी दिए।
अहिले उनलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। उनलाई किन पक्राउ गरेको भन्ने प्रहरीले आधिकारिक जानकारी दिएको छैन।
चोलेन्द्र शमशेर २०७५ पुसमा प्रधानन्यायाधीश भएका थिए। त्यसको तीन वर्षपछि उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा आफ्नो मान्छे नियुक्त गर्न माग गरेका थिए।
उनका आफ्नै जेठानलाई देउवाले मन्त्री बनाएका थिए। त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले नै चोलेन्द्र शमसेरको राजीनामा माग्दै उनको इजलास बहिष्कार गर्ने, उनले तोकेका मुद्दा नै नहेर्ने निर्णय गरे।
उनीविरूद्ध न्यायाधीशहरूको आन्दोलन पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसेर गोलाप्रथा लागु गरेपछि रोकिएको थियो। गोलाप्रथा लागु गरेपछि उनले मुद्दा हेरेनन्।
ीबहmष् दबलप
२०७८ साल फागुनमा उनीविरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो। महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
संसदको महाअभियोग सिफारिस समितिले उनको बयान लिने तथ्य प्रमाण खोज्ने लगायतका छानविन सम्बन्धी काम गरेको थियो। त्यसपछि उनलाई महाअभियोग लगाउन पर्याप्त आधार रहेको निष्कर्ष सुनाएको थियो।
ल्अभिि
संसदले उनको महाअभियोगमाथि निर्णय भने सुनाएन। २०७९को मंसिरमा उनको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनेर संसदका महासचिवले सर्वोच्चलाई पत्र लेखेका थिए। उक्त पत्रविरूद्ध रिट परेको थियो। उक्त रिट खारेज गर्ने निर्णय सर्वोच्चले खारेज गर्ने निर्णय गरिसकेको छ।
