दमक, १९ असोज–झापाको दमकमा छरिएर बसोबास गर्ने क्रिश्चियन धर्मालम्वी दिदीबहिनीहरुको साझा र स्वतन्त्र संस्था
दमक नगर दिदीबहिनी संगतीको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ ।
सो अधिवेशनबाट पाष्टर पारु खापुङ राईलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि, सो समितिको अध्यक्षमा पारु खापुङ राईले जिम्मेवारी र नेतृत्व गरिरहनुभएको थियो ।
अधिवेशनले पारु खापुङ राईको अध्यक्षतामा नौ सदस्यीय दमक नगर दिदीबहिनी संगती समिति गठन गरिएको हो ।
दमक–७ स्थित न्यू लाइफ गोस्पल चर्चमा सम्पन्न तेस्रो अधिवेशनले दमक नगर दिदीबहिनी संगतीको अध्यक्षमा पाष्टर पारु खापुङ राई, उपाध्यक्षमा पाष्टर पिंकी सुब्बा, सचिवमा पाष्टर शुक्ष्मा लिम्बू, सहसचिवमा जूनमाया लिम्बू र कोषाध्यक्षमा डिकन धर्मादेवी लिम्बूलाई सर्वसम्मत चयन गरिएको छ ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बा अनुसार समितिको सदस्यहरुमा इश्वरी राजवंशी, एल.रेविका मगर, मनशोभा लिम्बू र मिना बस्नेत रहनुभएको छ ।
