झिलझिले, ११ फागुन–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयले यहि फागुन २४ गते स्वर्ण महोत्सव मनाउने भएको छ ।
तत्कालिन शिबगञ्ज गाविस वडा नं ४ मा स्थानीय शैक्षिक व्याक्तित्वहरुले २०३० सालमा स्थापना गर्नुभएको विद्यालयले ५०औं वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको हो । महोत्सव उद्घाटन गर्न झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य माननीय लालप्रसाद साँवा लिम्बू आउनुहुने छ ।
आज (शुक्रबार) बिद्यालयले पत्रकार सम्मेलन गरेर स्वर्ण महोत्वको तयारी, व्यवस्थापन तथा कार्यक्रमका बारेमा जानकारी गराएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।
सो अवसरमा प्रधानाध्यापक बेनुप्रसाद कार्कीले महोत्सव भब्य समारोहबीच विद्यालय निर्माणमा जग्गा दान गर्नुहुने दाताहरु, आर्थिक सहयोग गर्ने दानवीरहरु, विभिन्न शिर्षकमा अक्षयकोष निर्माण गनर््ुहुने दाताहरु, संस्थापकहरुलाई सम्मान गरिने भएको छ । त्यसैगरी, यसै शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउन लागेको स्कुल वस खरिद अभियानमा आर्थिक सहयोग गर्ने दानवीर र दाताहरुलाई समेत स्वर्ण महोत्सवको उद्घाटन समारोहमा सम्मान गरिने भएको छ ।
प्रधानध्यापक कार्कीका अनुृसार विद्यालय निर्माण र सञ्चालनमा अहोरात्र खटिरहने व्यवस्थापन समिति, पूर्व अध्यक्षहरु सम्मान, मरणोपरान्त सम्मान, बिधागत खेलकुदमा उत्कृष्ट बालबालिकालाई पुरस्कार वितरण, पूर्व बिद्यार्थी मञ्चका दुई जनालाई सम्मान गरिने भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनका अनुसार बद्यालयमा अंग्रेजी माध्यमद्धारा कक्षा ८ सम्म पठन–पाठन भइरहेको छ । त्यस्तैं, लिम्बू समुदायको बसोबास रहेको कारण सो विद्यालयमा कक्षा १ मा ऐच्छिक विषयमा लिम्बू भाषाको समेत पठन पाठन हुँदै आइरहेको छ । लिम्बु भाषा कक्षामा १९ जना बिद्यार्थीहरु सहभागि छन् । उनीहरुले नियमित रुपमा लिम्बु भाषाको विशेष कक्षा लिइरहेका छन ।
पत्रकार सम्मेलनमा विद्यालयका सहयाक प्रधानध्यापक बमबहादुर बुढाथोकी, पूर्व विद्यार्थी मञ्चका सचिव तथा युवा नेता जसकुमार तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेमबहादुर रोक्का, अशोक शेर्मा, शिक्षक अभिबाहक संघका अध्यक्ष इन्द्र दाहाल लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो ।
