चुलाचुली (इलाम), ११ फागुन–नेकपा (एकीकृत समाजवादी) इलाम–चुलाचुली गाउँ कमिटीले विहिबार अगुवा कार्यकर्ता भेलासहित बिस्तारित बैठक सम्पन गरेको छ ।
कार्यक्रमको अध्यक्षता नारायणसिंह लावतीले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा प्रमुख अथितिमा संबिधान सभा सदस्य तथा पोलिब्युरो सदस्य गणेशकुमार काम्बाङ रहनु भएको थियो ।
बिशेष अथितिमा पाटीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री खिनु ल्वङवा लिम्बु, केन्द्रीय परिषद् सदस्य मिसन चाम्लिङ, शरण कुमार नेम्बाङ, प्रदेश कमिटी सदस्य पूर्णकुमार चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति नेता काम्बाङले कार्यक्रमको ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो ।
साथै, कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ४० जनाभन्दा बढीले पार्टी प्रवेश गरेका थिए । सो अवसरमा नवप्रवेशीहरुलाई नेता काम्बाङसहित अन्य नेताहरुले अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य मिसन चाम्लिङ र रुद्रकुमार बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा स्वागत् मन्तव्य राजकुमार राईले गर्नुभएको थियो भने सञ्चालन युसन चाम्लिङ्ग राईले गर्नुभएको थियो ।
