दमक, ८ चैत–झापाको दमकबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बिहीवार दमक ५ का ४४ बर्षिय यादव राई र दमक–८ का २६ बर्षिय मनोज वोहोरालाई पक्राउ गरेको हो ।

दमक–५ को कामक्ष होटल नजिक रहेको यादव राईको घर कोठामा लागूऔषध विक्री वितरण भइरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले घरकोठामा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर प्लाष्टिक वाहेक ३ ग्राम ५०० मिलिग्राम फेला पारेको थियो ।

राई र बोहोरालाई सोधपुछ नाम वताएसँगै उनीहरुको शरिर तलासी गरेर उनीहरुका साथमा भएका रुपैयाँ सामाग्रीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुवै जनालाई उक्त बरामद लागूऔषध र नगर तथा सामाग्रीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *