राजेन्द्र लिङ्देन

काठमाडौँ, २९ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीवार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले राजनीति लेखपढले मात्र नहुने बताए।

उनले पछिल्लो दिनमा राजनीति विकृत भएको चर्चा गरे। उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेशा जस्तो सोचिरहेको बताए। उनले राजनीति भन्नेबित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए।

लिङदेनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति पछिल्ला दिनमा विकृत जस्तो भएको छ। मान्छेहरूले, राजनीति भन्ने बित्तिकै ओढ्नेओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेका छन्।’

अध्यक्ष लिङदेनले राजनीतिलाई पेशा नभई सेवाको रूपमा अवलम्बन गर्नुपर्ने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *