कैलाली, ६ बैशाख–नेकपा (एकिकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।

सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्।

बिहीबार मुख्यमन्त्रीमा दाबी पेशका लागि अन्तिम समय तोकिएको थियो। सोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित समर्थन जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेश गरे।

बिहीबार नै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *