काठमाडौँ, २८ बैशाख–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस र सो पार्टीका महामन्त्री गगन थापालाई खुला चुनौती दिएका छन् ।

कांग्रेस र थापाले आरोप लगाएजस्तो आफूले खुद फारम भरेर सहकारीबाट ऋण मागेको वा लिएको प्रमाणित गरिदिए गृहमन्त्री समेत रहेका लामिछानेले राजनीति छाड्ने घोषणा गरेका छन् । प्रमाणित नगरे तपाईँ राजनीति छाड्न तयार हो भन्दै लामिछानेले थापालगायतलाई प्रश्न गरेका छन् ।

लामिछानेले शुक्रबार साँझ फेसबुकमा भनेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको–लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार होरु किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन ।’

क्जष्खबm ऋझभलत
उनले आफू संसदीय छानबिनसँग र ‘कांग्रेसको देश डुबाउने’ राजनीतिसँग डराएको छैनझ उनले भने, ‘तर मलाई मात्र एक पटक बोल्न दिन तपाईँहरू चाहिँ किन डराएको रु डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ’, लामिछानेको भनाइ छ ।

ल्बदष् िदबलप
उनले अगाडि भनेका छन्,‘तपाईंहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस्, मपनि यो सार्वभौम संसद्को सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने रु’

उनले रास्वपाका नेता कार्यकर्तालाई शिर ठाडो राख्न पनि आग्रह गरेका छन् । उनले आफूले कसैलाई नठगेको पनि जिकिर गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *