झिलझिले, २८ बैशाख–अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने अन्डर १३ फुटबलमा झापा शिवसताक्षी नगरपालिकाका २ जना नव खेलाडीलाई छनौट गरेको छ । शिवसताक्षीबाट ५ जना खेलाडीहरुले एन्फाका छनौटमा पर्न सफल भएका थिए । सो मध्ये उत्कृष्ट खेल प्रदर्शन गरेका दुई जनाले मात्र छ्नौट हुन सफल भएका छन् ।

एन्फाद्धारा छनौट हुनेमा शिवसताक्षी-७ का आयुश भट्टराई र शिवसताक्षी-१० का रुप्लीहाङ्ग लिङ्देन रहेको शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिगालुङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार शिवसताक्षी नगरबाट ५ जना जिल्ला, प्रदेशहुँदै केन्द्रीय छनौटमा गएका मध्येबाट २ जना छनौट हुन सफल भएका हुन् । उनीहरुलाइ एन्फा एकाडेमीमा प्रशिक्षणसहित शिक्षाको समेत प्रबन्ध हुने बताइएको छ ।

अखिल नेपाल फुट्बल संघ (एन्फा) ले ग्रामीण र स्थानीय स्तरबाट खेलाडी पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनौट प्रतियोगिता सञ्चालन गरेको बताइएको छ । छ्नौट प्रतियोगिता गएको चैतमा सम्बन्धित पालिका स्तरीय, जिल्ला स्तरीय र प्रदेश स्तरीय छ्नौट गरी केन्द्रको लागि चयन गरेको थियो ।

छनौट प्रतियोगितामा शिवसताक्षीका ६२ जना युवा खेलाडी सहभागी मध्येबाट १२ जना जिल्लाको लागि छ्नौट भएका थिए भने जिल्लाबाट प्रदेशमा ६ जना छ्नौट भएकोमा केन्द्रको लागि ५ जना छनौट हुन सफल भएको शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष रिगालुङको भनाइ छ । उहाँका अनुसार देशैभरका हजारौ प्रतिस्पर्धीहरुबाट हाम्रो नगरको २ जना युवा खेलाडी छ्नौट हुन सक्नु गौरवको विषय रहेको बताउनुभयो । केहि दिन अघि एन्फाले च्यासलमा खेल खेलाएको थियो ।

नेपाली फूटबलका राष्ट्रिय खेलाडीहरु अनन्त तामाङ्ग, सन्दिप राई जस्ता खेलाडी उत्पादन भैइसकेको यस नगरमा यस अघि त्रिभुवन आर्मी क्लबका सन्तोष नेपाली, एपीएफ क्लबका ईश्वर कार्की यसै नगरवासी हुन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *