सर्लाही, २९ बैशाख–सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा करेण्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेण्ट लागेर ज्यान गएको हो ।

चुँडिएर भुईमा लत्रिएको वाइफाइको तार उठाउन खोज्दा शुरुमा श्रीमान ३४ वर्षीय रामलाई करेण्ट लागेको प्रहरीले जनाएको छ । श्रीमानलाई करेण्ट लागेपछि तार छुटाउन खोज्दा श्रीमती कुसुमदेवीलाई समेत करेण्ट लागेको स्थानीयले बताएका छन् ।

दुवै जनालाई तत्कालै उद्धार गरी श्रीमान रामलाई अमृत हेल्थ केयर बयलवास र श्रीमती कुसुमदेवीलाई सिद्धि विनायक अस्पताल बर्दिबास पुर्याइएको थियो । कुसुमदेवीलाई बर्दिबास पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए भने श्रीमान रामको भने बयलवासमा उपचार जारी छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *