काठमाडौं, २९ बैशाख–गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।

शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा सरकारमा को थियो भनी प्रश्न गरेका हुन्। उनले राईलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए। ‘यत्रो समस्या आउँदाआउँदै भगाएको किनरु भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएका हुनाले हरसम्भव कोशिश भइरहेको छरु’, उनले भने, ‘केही प्रक्रिया पूरा गर्नुपर्छ। हामी निरन्तर कोशिशमा छौँ।’

राईलाई नेपाल ल्याउन मलेसियाका गृहमन्त्रीसँगआफूले छलफल गरेको उनले बताए। यसका लागि थप राजनीतिक र कूटनीतिक पहल आवश्यक रहेको तर्क उनले गरे। उनले भागेका मान्छेको मात्र उदाहरण नदिन आग्रह गर्दै पक्राउ पर्ने क्रम पनि बढेको दाबी गरे।

टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहेका वेला जीबी राईसँग सहकार्य गरेका र विभिन्न सहकारी ठगीमा समेत मुछिएका कारण अहिले गृहमन्त्री लामिछानेमाथि दबाब बढेको छ। राई लामिछानेकै संरक्षणमा रहेका आशंका पनि कतिपयले गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *