काठमाडौं, ३० बैशाख–नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी आज (आइतबार) पनि बस्ने भएको छ।

बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। शनिबार शुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि स्थायी कमिटी बैठक बस्न लागेको उनले बताए।

शुक्रबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए। यस्तै महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए।

पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने कार्यसूची रहेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *