गायक रवि ओड

काठमाडौं, ३० बैशाख–वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले उनीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

नेपाल आइडल सिजन( २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २ गते उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । तर देश बाहिर रहेका कारण उनी पक्राउ परेका थिएनन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *