म्यान्चेस्टर सिटी

काठमाडौं, ३० बैशाख–इङ्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीलेको शीर्ष स्थानमा फर्किएको छ।
काठमाडौं, ३० बैशाख–इङ्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीलेको शीर्ष स्थानमा फर्किएको छ।

क्रेभेन कुटीजमा गएराति सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलह्यामलाई ४–० गोल अन्तले पराजित गरेको हो।

सिटीको जितमा जोस्को ग्वार्डियोलले २ गोल गरे। यस्तै, फिल फोडेन र जुलियन अल्भारेजको नाममा १र१ गोल रह्यो।

पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। ५९औँ मिनेटमा बर्नार्डो सिल्भाको पासमा फोडेले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको पाँचौँ मिनेटमा फुलह्याम १० खेलाडीमा सिमित भयो।​ इस्सा डिओपले डिबक्स भित्र सिटीका खेलाडीलाई फउल गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

जितसँगै लिग लिडर बनेको सिटीले ३६ खेलबाट ८५ अंक जोडेको छ। समान खेल खेलेको आर्सनल ८३ अंकसहित दोस्रो र लिभरपुल ७८ अंकसहित तेस्रो स्थानमा रहेको छ। पराजित फुलह्याम भने ३७ खेलबाट ४४ अंकसहित १४औँ स्थानमा छ।

गएराति नै भएका अन्य खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो। यस्तै टोटनहम हटस्परले बर्नलीविरुद्ध २(१ को जित निकाल्दा बर्नमाउथ ब्रेन्टफर्डसँग पराजित भयो। यस्तै क्रिष्टल प्यालेसले उल्भ्सलाई ३–१ ले हराउँदा वेष्टह्यामले लुटन टाउनलाई ३–१ ले नै पराजित गर्यो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *