दमक, ३० बैशाख– दमक–२ का गोपाल तामाङ्गले ब्रेन ट्यूमर रोगी कृतिषा तामाङ्गको जीवन बचाई दिन अनुरोध गरेका छन् । विगत १० वर्षदेखि ट्यूमरबाट उपचार गरिआएका १६ बर्षिया छोरी कृतिषाको उपचारका क्रममा आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरेका हुन् । उनी दमकको मेची आवासीय मावि कक्षा १० मा अध्ययनरत छिन् ।

विरामीका बुबा गोपालका अनुसार छोरीको ट्यूमरको उपचारमा तीन पटक शल्यक्रिया गर्दा हालसम्म २५ लाख बढी खर्च भईसकेको छ । त्यतिका रकम हारगुहार गरेर बन्दोबस्ती गरेपनि थप उपचारका लागि आफूहरुसंग रकम नभएकाले मनकारीहरुसंग सहयोगको याचना गरिआएको उनले बताए ।

छोरीको २०७५ मा पहिलोपटक भारतको सिलगुढीमा त्यसको १६ महिनापछि काठमाडौस्थित वीर अस्पतालमा दोश्रो पटक शल्यक्रिया गरिएको बुबा गोपालले सुनाए ।

त्यसपछि गत चैत ८ गते पुनः तेश्रो पटक सोहि अस्पतालमा शल्यक्रिया गर्नुपरेको उनको भनाई छ । शल्यक्रिया पछि हाल दमक ५ स्थित भाडाको घरमा बस्दैआएका उनले काठमाण्डौमा उपचार वापत लागेको खर्च र अव औषधी खानको जोहो गर्न सहयोग जुटाउदैआएको उनले बताएका छन् ।

विरामीका बुबा गोपाल दमक ५ स्थित गुम्बा चौंकमा परिवारिक गुजाराका लागि फ्रेस हाउस सञ्चालन गदैंआएका छन् । फ्रेस हाउसको आम्दानीले परिवार चलाउन नै धौ–धौ हुने भएपनि विरामीको उपचार गर्न झनै समस्या व्यहोर्नु परेको गुनासो तामाङ्ग परिवारको छ ।

यसवीचमा विरामीको उपचारका लागि आफू पढ्दैआएको विद्यालयले पहिलोपटक ५२ हजार र हालैमात्र थप २६ हजार रुपैया सहयोग पुरयाँएको बुबा गोपालले बताए ।

विरामीको उपचारमा कसैले सहयोग पुरयाँउने भए गोपाल तामाङ्गको नेपाल बैकको बचत खाता १९६०१००७४६७३३४०००००१ मा तथा ९७०७१५४५२५ मा सम्पर्क गर्न समेत सकिने उल्लेख छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *